Section 21
लागू औषध नियन्त्रण अधिकारी र औषध नियन्त्रण प्रशासनको व्यवस्था
:(१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले गृह मन्त्रालय अन्तर्गत औषध नियन्त्रण प्रशासनको स्थापना गर्नेछ र आवश्यकतानुसार मुख्य औषध नियन्त्रण अधिकारी, एक वा बढी औषध नियन्त्रण अधिकारी, नायब औषध नियन्त्रण अधिकारी तथाअन्य अधिकारीहरु नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्थापित भएको औषध नियन्त्रण प्रशासनको प्रमुखको रुपमा मुख्य औषध नियन्त्रण अधिकारी रहनेछ र यस ऐन अन्तरगत मुख्य औषध नियन्त्रण अधिकारीले लागू औषध नियन्त्रण सम्बन्धी काम कारवाहीको रेखदेख, नियन्त्रण, निर्देशन र समन्वय गर्नेछ ।
(३) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लागूऔषध कारोबार वा प्रयोग गर्ने व्यक्तिलाई त्यस्तो कारोबार वा प्रयोगमा सहयोग पु¥याउने उद्देश्यले कुनै सरकारी कर्मचारीले घूस लिए खाएको ठहरेमा त्यस्तो कर्मचारीलाई प्रचलित कानूनले हुने सजायको अतिरिक्त लागू औषध कारोबार वा प्रयोगमा संलग्न हुने व्यक्तिलाई हुने सजायको आधा सजायसमेत हुनेछ ।